Logo बैशाख ३१, २०७८ शुक्रबार


बागमती प्रदेशका जिल्लामा नेपाल–खनाल समूहको छुट्टै संरचना, कुन जिल्लामा कसको नेतृत्व ?

काठमाडौं । नेकपा एमालेमा नेपाल–खनाल समूहले बागमती प्रदेशमा छुट्टै संरचना बनाएको छ । अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा नेपाल समूहले आइतबार एक सय ७५ सदस्यीय समिति गठन गरी जिल्लामा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु चयन गरेको हो ।

काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिनुभएको छ। त्यस्तै काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिनुभएको छ ।

त्यसैगरी ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहनुभएको छ । चितवनमा इन्चार्ज कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का तोकिनुभएको छ ।

त्यसैगरी मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवमा मिना लामा तोकिनुभएको छ ।

भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ, रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ, सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा तोकिनुभएको छ।

सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल, रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने त्यसैगरी धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…