Logo बैशाख ३०, २०७८ बिहीबार


न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल’ महोत्सव सम्पन्न

न्युजिल्यान्ड । न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल’ महोत्सव सम्पन्न भएको छ । नेपाली भाषा, कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यले एओटा स्कायर भन्ने स्थानमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा न्युजिल्यान्डका विभिन्न शहरबाट जम्मा भएका नेपाली र स्थानीयको उपस्थिति रहेको थियो । नेपाली झाँकी र परेड गरी सुरूवात गरिएको कार्यक्रममा नेपाली खानाका परिकार, संगीत, गायन, नृत्य, झाँकी तथा प्रदर्शनीहरू प्रस्तुत गरिएको न्युजिल्यान्डस्थित संवाददाता सञ्जय शान्ति सुबेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू, सांसदहरू, स्व. एडमण्ड हिलारीकी पत्नी जुन हिलारी, विभिन्न प्रवासी समुदायका प्रतिनिधिहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा स्थानीय संचारकर्मीहरू लगायत नेपाली र न्युजिल्यान्डमूलका सहभागीहरूको बाक्लो उपस्थिति थियो ।

२०२० मा निर्धारित समयमा कोभिड–१९ का कारणले सम्पन्न गर्न नसकिएको महोत्सव कोरोना संक्रमणको त्रासका बीच कार्यक्रम सोचे भन्दा भव्य र नेपाली संस्कृतिलाई प्रचार–प्रसार एवं प्रवर्द्धन गर्न कार्यक्रम सफल रहएको आयोजक न्युजिल्यान्ड नेपाल समाजका अध्यक्ष डा. सान्तोष भण्डारीले बताउनुभयो ।

कार्यक्रममा अतिथिहरू न्युजिल्यान्ड सरकारका मन्त्री प्रियङ्का राधाकृष्णन, माइकल उड तथा संसद मेलिसा ली, न्युजिल्यान्डका लागि नेपालका मानार्थ पर्यटनदूत डा.रमिल अधिकारी तथा पिटर गिब्स लगायतले महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले नेपाल र न्युजिल्यान्डबीच रहेको परस्पर मैत्री सम्बन्धका बारेमा जोड दिनुभएको थियो ।

३० भन्दा धेरै नृत्य, साङ्गितिक प्रस्तुति, सांस्कृतिक नृत्य रहेको उक्त कार्यक्रममा अक्ल्याण्ड लगायत ह्यामिल्टन, वेलिङ्टन र क्राइसचर्च गरी एक सय २० जना भन्दा धेरै कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए । बाक्लो संख्यामा रहेका स्वयंसेवकको सहयोगमा सुव्यवस्थित रूपमा सम्पन्न नेपाल फेस्टिबलमा अनुमानित १० हजार मानिस सहभागी भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…