Logo बैशाख २, २०७८ बिहीबार


‘देश समृद्धिका लागि आधुनिक कृषि प्रणाली आवश्यक’

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने बताउनुभएको छ । गृह जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सञ्चालित तीन महिने तालिमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने र यसका लागि इजरायली प्रविधि विस्तार गर्न आवश्यक रहेकाले त्यसतर्फ प्रदेश सरकार लागेको बताउनुभयो ।

इजरायली प्रविधिको प्रयोग गर्दै कृषिमा यान्त्रिकरण, आधुनिकरण र व्यवसायीकरण गर्दै अघि बढ्नुपर्नेमा गुरुङले जोड दिनुभयो । त्यस्तै, प्रदेश सरकारले जनताका लागि विजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई विषेश प्राथमिकतामा राख्दै अघि बढिरहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।