Logo बैशाख ७, २०७८ मंगलबार


विश्वभर १० करोड ७२ लाख संक्रमणमुक्त, २८ लाख ८५ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा १० करोड ७२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा १० करोड ७२ लाख ४८ हजार ७० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १३ करोड ३० लाख दुई हजार ३३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २८ लाख ८५ हजार एक सय ५३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २८ लाख ६८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १५ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४१ लाख २० हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ७० हजार दुई सय ४७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड २७ लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १७ लाख ८९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६६ हजार दुई सय आठ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७८ हजार चार सय ७० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७३ हजार चार सय ५५ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।