Logo बैशाख ६, २०७८ सोमबार


घाँसको लोभमा १२ सय हेक्टर वनमा डढेलो

काठमाडौं । मंगलबार जनतासमाचार डट्कम मा ‘संसद भंग नहुने प्रतिबद्धता नपाएसम्म समर्थन फिर्ता लिँदैनौं’, माओवादीले गर्यो गृहमन्त्री वाहेक चार मन्त्रीलाई कारवाही र कालिमाटी तरकारी तथा फलफूल बजारमा ९० करोड घोटाला लगायत शीर्षकमा समाचार तथा विचार प्रकाशित गरिए।

बुधबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूले निजामती सेवा विधेयक विवादित, व्यापार घाटा ८ खर्व ६३ अर्ब र बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले ‘त्रिशूलीमा २१ करोड ६८ लाखमा निर्माणाधीन पक्की पुल भत्कियो’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल भत्किएको उल्लेख छ । ८० प्रतिशत निर्माण सकिएको पुल मंगलबार बिहान ४ बजे भत्किएको समाचारमा छापिएको छ ।

त्यसैगरी पत्रिकाले ‘ठडियो २२ तले धरहरा’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख छ । समाचारअनुसार ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको र धरहरामा राखिने गजुरको काम पनि सकिएको समाचारमा छापिएको छ । पत्रिकाले एमाले प्रवेश गरेको १८औँ दिनमा प्रधान निगमको सञ्चालक नियुक्त, नेपाल–खनाल समूहको बागमती प्रदेशमा समानान्तर कमिटी, जिल्ला इन्चार्ज पनि तोकिए र लुम्बिनीमा माओवादी केन्द्रका दुई प्रदेश सांसदको पद गुम्यो लगायत शीर्षकका समाचार छापेको छ।

‘प्रदूषण फेरि विकराल’ शीर्षकको समाचार आजको कान्तिपुर दैनिकले मुख्य पृष्ठमा छापेको छ । समाचारमा गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएको समाचारमा छापिएको छ । समाचारअनुसार वायु प्रदूषणमा लामो समयदेखि अनुसन्धान गर्दै आएको स्विट्जरल्यान्डको जेनेभास्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा राखिरहेको उल्लेख छ । पत्रिकाले चार मन्त्रीको सांसद पद खारेज हुँदै, सत्ता–रथका थकित अश्व र आईएलओको सहयोग हिनामिनामा छानबिन लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।

आजको नागरिक दैनिकले ‘घाँसको लोभमा १२ सय हेक्टर वनमा डढेलो’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा बेनी नगरपालिका–२ ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगोलागीबाट सखाप भएको समाचारमा छापिएको छ । समाचारअनुसार सामुदायिकवनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मी सहित परिचालन गरेकोसमेत समाचारमा उल्लेख छ । त्यसैगरी पत्रिकाले हलेसी वाइल्ड एडभेन्चर एन्ड फनपार्क, सैनिकबाट मारिएकी उनी र गण्डकीमा पत्रकारलाई कर्मचारीले कारबाही गर्ने विधेयकको विरोध लगायत शीर्षकका समाचारमा प्रकाशित गरेको छ।

गोरखापत्र दैनिकले भने ‘डढेलो १० वर्षयताकै उच्च’ शीर्षकको समाचार छापेको छ । समाचारमा नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको उल्लेख छ । पत्रिकाले हवाई माध्यमबाट डढेलो नियन्त्रणका लागि गृहकार्य गर्न प्रमको निर्देशन, माओवादी केन्द्रले गर्यो चार सांसदलाई कारबाही र नेपालीलाई कोरिया खुकुलो लगायतका शीर्षकमा पनि समाचारहरू छापेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।