Logo बैशाख ६, २०७८ सोमबार


कस्मेटिक सामान उत्पादन गर्ने १ पक्राउ

काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार सामानसहित काठमाडौंको ढुङ्गेअड्डा बस्ने चेतन गोयललाई पक्राउ गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको संयुक्त टोलीले गोयलको कस्मेटिक उद्योगमा खानतलासी गर्दा विसं ०७३ सालमा उच्च अदालत पाटनको निर्णयबमोजिम खारेज भइसकेको ट्रेडमार्क प्रयोग गरी कस्मेटिक सामान अनधिकृतरूपमा उत्पादन भएको पाइएको हो ।

प्रहरीले त्यहाँ उत्पादित २४ प्रकारका कस्मेटिक सामान र सामान बनाउन प्रयोग हुने चार वटा मेसिनसहित उद्योग सिल गरेको जनाएको छ। यस्तै सामान भण्डारण गरिएको गोदाम र पसलसमेत सिल गरिएको छ । सामान ओसारपसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान र सो भित्र रहेको आठ बोरा सामान पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

गोयलले गुणस्तरहीन मेहन्दी भारतमा उत्पादन भएको हो भनी झुक्याई बिक्री गर्ने गरिएको, मिति समेत नराखेको, नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ। प्रहरीले दुई वर्षअघि समेत उनलाई पक्राउ गरी कारवाही चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।