Logo बैशाख ३, २०७८ शुक्रबार


८० प्रतिशत निर्माण सकिएको पक्की पुल भत्कियो

भरतपुर । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल भत्किएको छ । ८० प्रतिशत निर्माण सकिएको पुल मंगलबार बिहान एकाएक भत्किएको हो ।

२१ करोड ६८ लाख लागतको निर्माणाधीन पक्की पुल ३ वर्षभित्र निर्माण सम्पन्न गरी १९ कात्तिक २०७४ मा हस्तान्तरण गर्नुपर्ने थियो । तर, भूकम्प, कोभिड र डिजाइन परिवर्तनको कारण देखाउँदै चारपटक निर्माण अवधि थपिएको थियो । २०७४ कात्तिकमा निर्माण गरिसक्नुपर्ने पुलको चौथोपटक म्याद थपेर आगामी असार मसान्तसम्म पुर्‍याइएको भए पनि बीचैमा भत्किएको छ । स्थानीयका अनुसार पुल निर्माणमा ढिलाई भएपनि पछिल्लो समय तीव्र गतिमा काम भइरहेको थियो ।

सुरुवातमा १६ करोड ५३ लाखमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले पुलको ठेक्का लिएका थिए । पछि डिजाइन परिवर्तन गर्दै लागत बढाएर २१ करोड ६८ लाख पु-याइएको थियो । पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे ८ मिटर छ । ४०–४० मिटरका चारवटा स्पान राखिएका छन् ।

देवघाटतर्फ रहने एउटा स्टिलको स्पान र ठिमुरातर्फका दुईवटा कंक्रिटका स्पान निर्माण भइसकेका थिए । बीचमा रहने स्पानमा ढलान गर्न बाँकी थियो । ढलान भएका दुईवटै स्पान भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । डिभिजन कार्यालयका अनुसार पुल भत्किएको विषयमा निर्माण कम्पनीसँग पत्राचार भएको छ, कम्पनीले पुरानै बजेटभित्र नयाँ पुल बनाउने सहमति जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक विभागले पुल भत्किएको विषयमा अध्ययन गर्न समिति बनाएको छ । पुल भत्केको जानकारी प्राप्त भएको र थप विषय विभागको अध्ययनपछि मात्रै भन्न सकिने डिभिजन कार्यालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…