Logo बैशाख ७, २०७८ मंगलबार


भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट गत चैत २२ गते फर्कनुभएका उहाँमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना हुनुभएको थियो।

उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । “भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु”, उहाँले भन्नुभयो, “अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।”

मृत्यु भएका कोरोना संक्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।