सार्वजनिक स्थलमा मास्क अनिवार्य, नलगाए कारबाही

कैलाली । जिल्लामा सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तर्गत मास्क निवार्य गरिएको हो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड -१९ संकट बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने निर्णय गरेको हो । साथै मापदण्ड पालना नगर्नेलाई कारबाही गरिनेसमेत बैठकले निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेहरूलाई अनिवार्य रूपमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।