Logo बैशाख १, २०७८ बुधबार


चैत मसान्तसम्म काठमाडौं प्लाजा खाली नगरे सरकारले कारबाही गर्ने

काठमाडौं । राजधानीको कमलादीस्थित काठमाडौं प्लाजा भवन खाली गराउन नेपाल सरकारले सार्वजनिक सूचना जारी गरेको छ । नेपाल सरकारको नेपाल ट्रस्ट कार्यालयले सम्बन्धित कम्पनी कन्सेप्ट डेभेलपर्स प्रालिका नाममा सूचना जारी गर्दै भवन खाली गराउन भनेको हो ।

लिज म्याद सकिएको धेरै समय बितिसक्दा समेत सम्बन्धित कम्पनीले भवन खाली गराउन नमानिरहँदा सरकारले कडा सूचना जारी गरेको छ। सूचनामा भनिएको छ, ‘नेपाल ट्रष्टको स्वामित्व रहेको कामनपा २८ कमलादीस्थित काठमाडौ प्लाजा भवनको लिज म्याद गत असार २ गते नै सकिएकाले सो भवन चैत ३० भित्र खाली गर्न अन्तिमपटक सूचना सार्वजनिक गरिएको छ।’

सूचनामा भवन खाली गराउँदा हुने क्षति पनि सम्बन्धित कम्पनी स्वयंले व्यहोर्नुपर्ने सूचनामा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…