यसरी चुनिँदैछन् पत्रकारका नेता (फाेटाेफिचर)

काठमाडाैं । नेपाल पत्रकार महासंघकाे निर्वाचन देशभर भइरहेकाे छ । महासंघमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि देशभर निर्वाचन जारी छ । देशभरका १३ हजार १ सय ८० पत्रकारहरुले आजको निर्वाचनबाट आफ्नो नयाँ नेता चयन गर्दैछन्। पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छनोटका लागि निर्वाचन गरेको हो। केन्द्रीय अध्यक्ष पदका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको त्रिकोणात्मक प्रतिस्पर्धा भइरहेको छ ।
तस्बिर : हनिशराज पन्त/जनतासमाचार