भिडन्तमा परेर २४ घण्टामा ५९ काे मृत्यु

एजेन्सी । अफगानिस्तानमा २४ घण्टाको अवधिमा ५९ जना मारिएका छन् । विद्रोहीका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको हो ।
अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ। हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ।
समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।