आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

प्यूठान । गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । आज (बुधवार) बिहान करिव ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो।
घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँको भनाइ छ ।
अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।