Logo बैशाख ७, २०७८ मंगलबार


विश्वका धनाढ्यहरुको सूचीमा नेपालका विनोद चौधरीको स्थान खस्कियो

काठमाडौं । विश्वका धनाढ्यहरुको सूचीमा सूचीकृत नेपालका उद्योगी विनोद चौधरीको स्थान खस्किएको छ ।

सन् २०२१ का संसारकै धनी व्यक्तिहरुका सूचीमा नेपालका चौधरीको झण्डै ६ सय स्थान खस्किएको छ । उनी गत वर्ष १५१३ स्थानमा रहेकोमा यसपाली २ हजार १ सय ४१ औं स्थानमा ओर्लिएका छन् । उनको सम्पत्ति भने १ं.४ बिलियन डलरमा स्थिर देखिएको छ । संसारका अर्बपतिहरुको सूचीकृत हुने उनी एकमात्र नेपाली हुन् ।

सन् २०२१ मा पनि अमेजन मालिक जेफ बेजोस नै संसारका धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । गतवर्ष पनि उनी पहिलो स्थानमै थिए ।

रकेट कम्पनी स्पेस–एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ ।

फोब्र्सको ३५ औं वार्षिक सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

वारेन बफेट छैठौ, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलकै सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन् । अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।