Logo बैशाख १, २०७८ बुधबार


भक्तपुरको प्रसिद्ध विस्का जात्रा यो वर्ष हुने

भक्तपुर । भक्तपुरको प्रसिद्ध विस्का जात्रा यो वर्ष हुने भएको छ ।

कोरोना संक्रमणको जोखिम भन्दै रोक्ने निर्णय भएपनि स्थानीयको विरोधपछि जात्रा पुनः हुन लागेको हो ।

जात्रा रोक्ने प्रशासनको निर्णयपछि आक्रोशित स्थानीयले जसरी भए पनि यसपटक जात्रा गरिछाड्ने चेतावनी दिएका थिए । स्थानीयको दबाबपछि प्रशासनले जात्रा संचालन गर्ने अनुमति दिएको हो ।

जनदबाब बढ्दै गएपछि यसवर्ष स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै प्रशासन र सरोकारवालाबीच बिस्का गर्ने सहमति भएको हो ।

यसैबीच बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशबारेको लिखित भने भोलि मात्र आउने बताइएको छ ।

चैत्र २२ गते भक्तपुर कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गर्नुभएको थियो । नयाँ वर्षको अवसरमा हुने जात्रा यस वर्ष चैत्र २८ गतेदेखि सुरु हुँदैछ ।

गत वर्ष पनि कोभिडका कारण जात्रा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…