Logo बैशाख २८, २०७८ मंगलबार


‘दिउँसै रात पार्ने काम हुन थाल्यो, अब जनता जागरुक हुनुपर्यो’

रुकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा दिउँसै रात पार्ने काम हुन थालेको बताउनुभएको छ । रुकुमको सल्लेबजारमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा दिउँसै रात पार्ने काम हुन थालेकाले जनता जागरुक हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यहाँ दिउँसै रात पार्ने काम हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्यो । जनता सबै उठ्नुपर्यो ।’

अध्यक्ष दाहलले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धि होर भनेर आफूले पार्टी एकताको प्रस्ताव गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको तीन वर्ष नपुग्दै एकता भंग गरेको र संविधानलाई नै कुल्चिएर प्रतिगामी कदम चालेको आरोप लगाउनुभयो ।

कम्युनिष्ट एकता भंग गर्ने गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलामा आफूहरू सहमत नभए पनि अदालतको निर्णय मानेर अघि बढ्ने अध्यक्ष दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…