Logo बैशाख ७, २०७८ मंगलबार


एपिएफलाई हराउँदै न्यू डायमन्ड फाइनलमा प्रवेश

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यू डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ आबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न महिला तर्फको खेलमा न्यू डायमन्डले चिरपरिचि प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो । पहिलो संस्सकरणको एनभिएकपको उपाधि जितेको न्यु डायमन्ड दोस्रो पटक एनभिएको फाइनलमा प्रवेश गरेको हो । पराजित एपिएफ पहिलो पटक एनभिए राष्ट्रि महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा पुग्नु अघि नै बाहिरिएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा न्यु डायमन्डले एपिएफमाथि २५–२१, २६–२१, २५–१४ र २५–२१ को जित निकाल्दै आर्मीमाथि रोमाञ्चक जित निकालेको नेपाल पुलिससँगको भेट पक्का गरेको हो । पुलिसले त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१७ र २८–२६ को सेटमा हराएको थियो। फाइनल प्रवेश गरेका टोलीद्वय पुलिस र न्यू डायमन्डले लिग चरणको खेलमा प्रतिस्पर्धा गर्दा पुलिसले डायमन्डलाई नतिजा सुम्पिएको थियो।

पहिलो संस्करणको न्यू डायमन्ड कपमा पराजित गर्दै उपाधि जितेको न्यू डायमन्डले आज भएको खेलमा एपिएफलाई पराजित गरेको हो । फाइनल खेल बिहीवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।