Logo बैशाख १, २०७८ बुधबार


पत्रकार महासंघको निर्वाचन सम्पन्न, मतगणना ‘सम्बन्धितकाे इच्छा’मा तय हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । उदयपुर र काठमाडौंमा ढिला गरि शुरु गरिएकाले साँझ ६ बजेसम्म मतदानको समय रहेको केन्द्रीय निर्वाचन कमिटीका संयोजक कपिल काफ्लेले जानकारी दिनुभयो ।

देशभर उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको उहाँले बताउनुभयो । मतगणना भने सम्बन्धित जिल्ला, प्रदेश र प्रतिष्ठानहरुलाई इच्छाधीन छोडिएको उहाँले जानकारी दिनुभयो ।

‘हामीले मतगणनाका लागि उहाँहरुको इच्छा बमोजिम छोडेका छौँ । अर्थात आजै मतगणना शुरु गर्ने कि भोलि बिहान ७ बजेबाट गर्ने भन्ने निश्चित गर्न भनेका छौँ ।’ संयोजक काफ्लेले थप्नुभयो, ‘केही जिल्लामा आजै र केहीमा भोलिबाट मतगणना गर्ने कुरा छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…