Logo बैशाख ७, २०७८ मंगलबार


राति ९ बजेदेखि रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायत भेरियन्टको कोरोना संक्रमण नियन्त्रणका लागि रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

विदेशबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा रहेकोको अनुगमन गर्न स्थानीय प्रशासन र तहलाई समेत निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ, एन्टीजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई भनिएको छ ।

ठूला शहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको छ । सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।