एपीएफलाई २–० गोलले पराजित गर्दै आहा रारा गोल्ड कपको फाइनलमा संकटा

पोखरा । एपीएफ क्लबलाई २–० गोलले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई मन्छाउँदै संकटा फाइनलमा पुगेको हो ।
क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० को नतिजामा पराजित गर्दै संकटाले विभागीय टोलीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गर्यो ।
संकटाका लागि ३३औं मिनेटमा सुवाष गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए ।
ग्लोरीको जितसँगै फाइनलमा पुगेको संकटाले उपाधिका लागि भोलि हुने अफ्रिकन रूट एसोसिएसन र नेपाल पुलिस क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।