पत्रकार महासंघको निर्वाचनको मतगणना शुरु, काठमाडौंमा १२३४ मत खस्यो

काठमाडौं । नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । काठमाडौंको महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा भर्खरै मतगणना शुरु भएको हो ।
काठमाडौंमा एक हजार दुई सय ३४ मत खसेको छ । यस्तै एशोसिएट तर्फको मतगणना काठमाडौं रंगशालास्थित कबडहलमा शुरु भएको छ । जिल्ला, प्रतिष्ठान र प्रदेशको मतगणना पनि सम्बन्धित जिल्लाको महासंघ कार्यालयमा शुरु हुँदैछ ।
पूर्ण मतपरिणाम भने भोलिसम्म आउने केन्द्रीय निर्वाचन कमिटीका संयोजक कपिल काफ्लेले जनतासमाचारलाई बताउनुभयो ।