Logo बैशाख २, २०७८ बिहीबार


अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने विधेयक संसदमा पेश हुँदै

काठमाडौं । सूचना प्रविधि विधेयक आज प्रतिनिधिसभा संसदमा पेश हुने भएको छ ।

विधेयकमा सामाजिक सञ्जालमा लेखेवापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको छ । विकास तथा प्रविधि समितिले काँग्रेसवाहेकका सांसदको बहुमतबाट पारित विधेयकको प्रतिवेदन आज प्रतिनिधिसभामा पेश गर्न लागिएको हो ।

विधेयककमा मौलिक हक अन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालको प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । विधेयकमा अनलाइन,फेसबुक,ट्वीटर,टिकटक जस्ता सामाजिक सञ्जालमा सरकार र मन्त्रीहरुको विरोधमा लेखेकै वा बोलेकै भरमा समेत ५ वषए जेल र १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी सरकारको विरोधका वावजुद सरकारले ल्याएको विधेयकलाई समितिबाट माओवादी र एमालेका सांसदहरुले २०७६ पुस दोस्रो साता पारित गरेका थिए । विधेयकको त्यही प्रतिवेदन आज प्रतिनिधिसभा संसदमा पेश गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।