Logo बैशाख ७, २०७८ मंगलबार


कर्णाली करिडोरको चट्टानी भागको सडक निर्माण सेनालाई जिम्मा दिन माग

काठमाडौं । बुधबार जनतासमाचार डट्कम मा पत्रकार महासंघको निर्वाचनको मतगणना शुरु, काठमाडौंमा १२३४ मत खस्यो, ‘पत्रकारको फोहोर’, थप ६ जिल्लामा स्वास्थ्य बीमा सञ्चालन, भक्तपुरको प्रसिद्ध विस्का जात्रा यो वर्ष हुने र ‘निजामती प्रशासनमा झिङ्गे टसाई प्रमुख समस्या’ लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए। बिहीबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूले कर्णाली करिडोरको चट्टानी भागको सडक निर्माणको जिम्मा सेनालाई दिन माग, डाँडैपाखाभरि डढेलो र अभिव्यक्तिमा फेरि अंकुश लगायतका समाचार प्रकाशन गरिएका छन् ।

आजको गोरखापत्र दैनिक ले कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन हुम्लाका जनप्रतिनिधिहरूले संघीय सरकारसँंग माग गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने निष्कर्षसँगै सेनाको जिम्मा दिन हुम्लाका जनप्रतिनिधिहरूले माग गरेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिए अनुसार कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई छारे खण्डको सडक निर्माण गर्ने जिम्मा दिनुपर्ने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले माग गर्नुभएको हो । सेनाले एकदेखि डेढ वर्षमा त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आँकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष रावलको भनाइ छ । निर्माण व्यवसायीको जिम्मा दिँदा यो काम गर्न अझै १० वर्ष लाग्न सक्ने उहाँको भनाइ छ । हाल सेनाले काम गरिरहेको हुम्ला खण्डमा १६ वटा मेसिनबाट काम भइरहेकाले सेनाले रात दिन नभनी काम गरिरहेको उदाहरण उहाँले दिनुभयो। निर्माण व्यवसायी र सेनाको काम पनि निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइँ छ ।

नयाँ पत्रिका दैनिकमा सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको समाचारलाई प्रथम पृष्ठमा छापेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको समाचारमा लेखिएको छ ।मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।