Logo बैशाख २, २०७८ बिहीबार


दैनिक उपभोग्य वस्तुको मूल्य अकासियो

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्।

कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।

गत वर्ष चैतको तुलनामा यसपटक मुख्य गरी हरियो तरकारीको मूल्य निकै बढेको छ। कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार काउली, घिरौंला, घिउसिमी, भान्टा, लौकालगायत हरियो तरकारीको मूल्य वृद्धि भएको छ। प्याज र आलु भने केही सस्तिएका छन्।

किसानले पर्याप्त परिमाणमा खेती नगरेकाले उत्पादनमा कमी आई हरियो तरकारीको मूल्य वृद्धि भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताउनुभएको अन्नपूर्ण पोष्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…