Logo बैशाख ७, २०७८ मंगलबार


पीएसजीसँग बायर्न ३–२ गोल अन्तरले पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मार्कविवन्होसले एक गोल थपे । बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए । बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा मार्क्विवन्होसले गोल गर्दै पीएसजीको अग्रता २–० को बनाए । खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २–१ को स्थितिमा ल्याए । ६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ को जित दिलाए । जितसँगै पीएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत सिजन पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।