Logo बैशाख २, २०७८ बिहीबार


पत्रकार महासंघको निर्वाचनको मत गणना जारी, विपुल पोखरेलको अग्रता यथावत

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको मत गणना जारी छ।

अहिलेसम्मको परिणामले विपुल पोखरेलको प्यानलले अग्रता लिइरहेको छ । पोखरेल प्यानलले ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट सहित लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा अग्रता लिइरहेको छ।

निर्मला शर्मा नेतृत्वको प्यानलले भने केही जिल्लामा मात्र अग्रता लिएको छ । यो प्यानलले भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायत जिल्लामा अग्रता लिइरहेको छ ।

स्वतन्त्रबाट अध्यक्षमा उठेका गजेन्द्र बुढाथोकीको प्यानलले भने अधिकांश जिल्लामा न्यून मत प्राप्त गरेका छन्।

यसपालि पहिलोपटक भएको पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले खनाल–नेपाल लगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानलले उम्म्ेदवारी दिएका छन् । एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्माको प्यानल प्रतिस्पर्धामा छन्।

कुन जिल्लामा को विजयी ?

गएराती मतगणना भएका धेरै स्थानको मतपरिणाम आउने क्रम जारी छ ।

चितवनको अध्यक्षमा नारायणप्रसाद अधिकारी विजयी हुनु भएको छ । म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनु भएको छ ।

सिन्धुपाल्चोकमा बाम गठबन्धका जीवन श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको छ । झापामा प्रेस युनियनका एकराज गिरी नेतृत्वको प्यानल विजयी भएको छ ।

दार्चुलामा भने कृष्ण धामी अध्यक्षमा निर्वाचित हुनु भएको छ । यस्तै ललितपुरको अध्यक्षमा प्रेस संगठनका सागर न्यौपानेको लोकतान्त्रिक प्यानल विजयी भएको छ ।

बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ । काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना विजयी हुन भएको छ ।

दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाँई अध्यक्षमा निर्वाचित हुनु भएको छ । डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानल नै विजयी भएको छ ।

यस्तै बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ । सल्यानको अध्यक्षमा संयुक्त श्रमजीवी गठबन्धनका नवीन पौडेल निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।