Logo बैशाख २, २०७८ बिहीबार


पत्रकार महासंघ सिन्धुपाल्चाेक शाखामा प्रेस संगठन र प्रेस चौतारी गठबन्धन प्यानल विजयी

काठमाडाैं । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ । बुधबार राती सम्पन्न मतगणना अनुसार अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ ,उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य , सहसचिवमा नानीराम नेपाल, सहसचीव समावेशीमा केदार माझी विजयी बनेका हुन् ।

त्यस्तै कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल तथा सदस्यहरूमा दिपक खत्री, गोमा खत्री, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी बनेका छन् । यसअघि समावेशी सदस्यमा केशव अधिकारी, जनजाति सदस्य लालकाजी तामाङ, दलित सदस्य सिर्जना बराल निर्विरोध निर्वाचित भइसकेका थिए ।

नेपाल पत्रकार महासघ जिल्ला शाखाबाट केन्द्रीय परिषद् सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमल्सिना विजयी भएका छन् ।

यस्तै, प्रदेश परिषदमा टीका सुबेदी, मणिसुन्दर काेईराला, निर्मल बस्नेत, सन्तोष चौलागाईँ, सिताराम काेईराला विजयी भएका छन् । यसअधि प्रदेश परिषद् सदस्यमा सुनिता रखाल र केन्द्रीय परिषद् सदस्यमा सर्मिला ठकुरी निर्विरोध भइसकेका छन्।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ११औ अधिवेशनमा भएको निर्वाचनमा शतप्रतिशत (९७) मत खसेको थियो । माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमाले निकट प्रेस चौतारी बीचकाे गठबन्धन प्यानल विजयी भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।