Logo बैशाख १, २०७८ बुधबार


सावधानी नअपनाए फेरि लकडाउन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण हुन नदिनका लागि सर्वसाधारणले सावधानी नअपनाए फेरि लकडाउन हुने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलगायत सबैले कोरोना संक्रमण हुन नदिन सचेत भएर सावधानी नअपनाएको खण्डमा पुन लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भारतमा दैनिक १ लाखभन्दा बढीमा संक्रमण हुन थालेको भन्दै सचेतना अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

‘भारतमा अत्याधिक मात्रामा संक्रमितको संख्या बढेको छ र नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले सावधानी अपनाएनौं भने सरकार फेरि लकडाउन गर्न बाध्य हुनेछ ।’

सकेसम्म सरकार फेरि लकडाउन गर्ने पक्षमा नरहेको तर यसका लागि सबैले स्वास्थ्य मापदन्ड अपनाउनु पर्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…