Logo बैशाख २, २०७८ बिहीबार


सांसदको प्रश्न : प्रधानमन्त्रीले हैसियत गुमाउनुभएको हो ?

काठमाडौं । सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सरकार र प्रधानमन्त्रीका कारण संसदमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो ।

सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमि बगाएको र कयौं विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुन: स्थापना गरी उचित राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंबैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेतलाई धुलोमा मिलाउने कोसिस् गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “यतिबेला सिंगै अधिवेशनलाई सरकारले बिजनेस विहीन बनाएको छ । के सरकारले बिजनेस दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुन:स्थापित भईसकेको छैन ।”

सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सरिता कुमारी गिरीले बालविकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सीता देवी यादवले शान्ति सम्झौताको १४ वर्ष भईसक्दा पनि द्वन्द्वकालिन समयमा वेपत्ता पारिएका व्यक्ति र द्वन्द्व पीडितले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय गरी आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायालय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्भाग्यपुर्ण र रहस्यमय रहेको बताउनुभयो।

सांसद महन्थ ठाकुरले दिएको एक अन्तर्वार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको
प्रसंग उल्लेख गर्दे उहाँले भन्नुभयो, “म ठाकुरजीसँग सोध्न चाहन्छु कि आज मधेसका जनताहरु संघीयता विरोधी सरकारमा जान चाहदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहदैन ।”

सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो ।

सांसद संञ्जय कुमार गौतमले बाघ, हात्ती र गैडाको आंतकले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका बद्रियालीहरु प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा काम गर्ने, पर्यटन व्यवसायी तथा स्थानीयको जीवनरक्षाको प्रत्याभुति गर्दै पीडीतलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…