Logo बैशाख ६, २०७८ सोमबार


बहालवाला चार मन्त्रीकाे गुम्याे सांसद पद

काठमाडौं । बहालवाला चार मन्त्रीको सांसद पद समाप्त भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) का सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र शौरी शेखर चोधरीको पद समाप्त भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीवारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदको सांसद पद समाप्त भएको सूचना पढेर सुनाउनुभयो।

प्रतिनिधि सभा बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी गराउनुभएकाे थियाे ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद स्वत: पदमुक्त हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।