नेपालले बन्द गर्यो अनअराइभल भीसा

काठमाडौं । नेपालले विदेशी पर्यटकलाई दिदै आएको अनअराइभल भीसा बन्द गरेको छ ।
कोरोना महामारीलाई ध्यानमा राखेर अध्यागमन विभागले हालका लागि भिसा दिन बन्द गरेको हो । विदेशी यात्रुमध्ये विशेषगरी आफूखुशी जहाज चढेर आउने पर्यटकलाई अनअराइभल भीसा दिदै आएको छ ।
अवधि नतोकेपनि आगामी केही महिनासम्म उक्त निर्णय लागू हुने जनाइएको छ । हाललाई बैशाखसम्म बन्द गर्ने लक्ष्य रहे पनि कोरोना संक्रमण फैलिएको कारण यो अवरोध थप तीन चार महिना लम्बिन सक्ने बताइएको छ ।
अब नेपाल आउन चाहने विदेशीले उतैबाट भीसा बोकेर आउनुपर्ने भएको छ । तर,नेपाली मूलका विदेशी नागरिकलाई भने उक्त नियम लाग्ने छैन ।
त्यसैगरी,कूटनीतिक तथा विशेष राहदानी बोकेका विदेशीले पनि अनअराइभल भीसा पाउने छन् । पर्यटन बोर्डले सिफारिश गरेका पर्यटकलेसमेत त्यो सुविधा पाउने छन् ।