Logo बैशाख २, २०७८ बिहीबार


‘जलवायु संकट’ को घोषणा गर्न माग

काठमाडौं । जलवायू संकटको घोषणा गर्नुपर्ने माग गर्दै युवाहरु सडकमा उत्रिएका छन् । लामो समयदेखि वातावरण प्रदूषण भइरहदा पनि वातावरण मन्त्रालयले सर्वसाधारणको हितमा कुनै कदम नचालेको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् ।

आज (बिहीवार) माइतिघर मण्डलमा वातावरण मन्त्रालय हरायो भन्दै युवाहरू सडकमा उत्रिएका छन् ।

हरिन नेपाल नामक वातावरण संरक्षण अभियानका अभियान्ताहरू सडकमा कुचो, भ्याकुम क्लिनर जस्ता चिजहरू ल्याएर सडकमा सुतेर साङ्केतिक विरोध गरेका छन्। गत शुक्रबार पनि यिनै युवाहरूले जलवायु संकटको घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। शुक्रबारको प्रदर्शनमा प्रदर्शनकारीहरूमाथि प्रहरीले धरपकड देखाएको थियो तर सरकारले भने यस्तो गम्भीर विषयमाथि निस्क्रियता एवं बेवास्ता गर्दै आएको छ ।

दुई साताभन्दा बढी समयदेखि काठमाडौंलगायत देशका अधिकांश शहरमा वातावरण प्रदूषित भएको छ। देशका विभिन्न भागमा लागेको डढेलो पनि नुरुन्तै निभ्ने संकेत छैन । त्यसमाथि देशमा कोरोनाको दोस्रो लहर देखिन थालिसकेको बताइएको छ।

वातावरणको यस्तो बिग्रँदो अवस्थामा सरकारद्वारा ‘जलवायु संकटको घोषणा गर्नुपर्ने’ अभियन्ताहरूकाे माग छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।