Logo बैशाख २, २०७८ बिहीबार


अर्घाखाँची, कैलाली र रौतहटमा संसदीय उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले अर्घाखाँची, कैलाली र रौतहटमा संसदीय उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभाको कार्यकाल २ वर्ष बाँकी रहदै माओवादी केन्द्रबाट निर्वाचित चार सांसदको पद बिहिबारबाट रिक्त भएपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेका चार सांसदको मन्त्री पद पनि स्वतः रिक्त भएको छ ।

संसद सचिवालयले चार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई लेखेर पठाउने सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी रहेकाले त्यसपछि निर्वाचन आयोगले रिक्त ठाउँमा उपनिर्वाचन गराउनुपर्छ ।

सांसद पद नरहेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त हुने र प्रधानमन्त्रीले उनीहरुलाई पुनः मन्त्री बनाउँदा ६ महिनासम्म उनीहरु सांसद नभए पनि मन्त्री हुन पाउँछन् । तर शपथग्रहण भने पुनः लिनुपर्छ । यसबीचमा उपचुनावमा जितेर आउने वा ६ महिनापछि आम निर्वाचन नै हुने सम्भावना पनि उत्तिकै छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशंकर चौधरी सांसद पदबाट मुक्त हुनुभएको हो ।

प्रत्यक्ष निर्वाचित सांसदहरुको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने संबैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।