Logo बैशाख ५, २०७८ आइतबार


शुक्रवारकाे माैसम : देशभर सामान्य बदली रही पहाडी भेगमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशका पहाडी तथा तराई भूभागका केही स्थानमा तुवाँलो लागेको महाशाखाको भनाइ छ।

शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी तथा तराइका थोरै भूभागहरुमा तुंवालो समेत रहने सम्भावना रहेको छ।

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ काे पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी तथा तराईका केही भूभागहरुमा तुवाँलो समेत रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।