Logo बैशाख ३, २०७८ शुक्रबार


जनता समाचारमा बिहीवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा बिहीवार प्रकाशित समाचारका मुख्य अंशहरू :

१. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाउनुभएको छ। कांग्रेसले नयाँ सरकार निर्माणमा नेतृत्व गर्ने पहलका लागि सभापति देउवाले तीन दलको बैठक बोलाउनुभएको हो । सभापति देउवाले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा जनता समाजवादी पार्टीको बैठक बोलाउनुभएको हाे । बैठक भोलि (शुक्रवार) अपरान्ह ३ बजेका लागि बाेलाइएकाे कांग्रेस स्राेतले जानकारी दिएकाे छ ।

२. बहालवाला चार मन्त्रीको सांसद पद समाप्त भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) का सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र शौरी शेखर चोधरीको पद समाप्त भएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीवारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदको सांसद पद समाप्त भएको सूचना पढेर सुनाउनुभयो।

३.सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सरकार र प्रधानमन्त्रीका कारण संसदमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो ।

४.प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण हुन नदिनका लागि सर्वसाधारणले सावधानी नअपनाए फेरि लकडाउन हुने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलगायत सबैले कोरोना संक्रमण हुन नदिन सचेत भएर सावधानी नअपनाएको खण्डमा पुन लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभएको हो ।

५. प्रतिनिधि सभाको आजको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयक पेश नहुने भएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि विधेयकले प्रतिबन्ध लगाउन खोजेको भन्दै चर्को विरोध भएपछि विधेयक पेश गर्नबाट सरकार पछि हटेको हो । विहीबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जानकारी दिएको थियो ।नेपाली कांग्रेसको असहमतिका बीच तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समितिबाट उक्त विधेयक बहुमतले पास गरेको थियो थियो।

६.नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ । बुधबार राती सम्पन्न मतगणना अनुसार अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ ,उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य , सहसचिवमा नानीराम नेपाल, सहसचीव समावेशीमा केदार माझी विजयी बनेका हुन् ।

७. सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सरकार र प्रधानमन्त्रीका कारण संसदमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो ।

८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यो कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन लागेकाे हाे।

९.भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको दोस्रो खोप लगाउनुभएको छ । दिल्लीस्थित एम्स्र अस्पतालमा मोदीले खोपको दोस्रो मात्र लगाउनुभएको हो । गत मार्च १ तारेखमा मोदीले पहिलो मात्राको खोप लगाउनुभएको थियो । मोदीले भारतमा बनेको बायोटेकको खोप लगाउनुभएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

१०. चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको शहर बनेको छ। फोर्ब्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा बेइजिङ सबैभन्दा धेरै अर्बपतिहरू भएको शहर बनेको हो । गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको संख्या एक सय पुगेको छ। विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको शहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन्।

११.सरकारले २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयले बिहीवार जारी गरेको सूचनामा सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरु छन्। हाल गृह मन्त्रालयमा कार्यरत सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको  छ भने मन्त्रालयकै शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

१२. नेपालले विदेशी पर्यटकलाई दिदै आएको अनअराइभल भीसा बन्द गरेको छ । कोरोना महामारीलाई ध्यानमा राखेर अध्यागमन विभागले हालका लागि भिसा दिन बन्द गरेको हो । विदेशी यात्रुमध्ये विशेषगरी आफूखुशी जहाज चढेर आउने पर्यटकलाई अनअराइभल भीसा दिदै आएको छ ।

१३. जिल्लाका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहोर र मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्ड विपरीतका सञ्चालन भइरहेको पाइएको हो।

१४. निर्वाचन आयोगले अर्घाखाँची, कैलाली र रौतहटमा संसदीय उपनिर्वाचन गर्नुपर्ने भएको छ । प्रतिनिधिसभाको कार्यकाल २ वर्ष बाँकी रहदै माओवादी केन्द्रबाट निर्वाचित चार सांसदको पद बिहिबारबाट रिक्त भएपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेका चार सांसदको मन्त्री पद पनि स्वतः रिक्त भएको छ ।

१५.जलवायू संकटको घोषणा गर्नुपर्ने माग गर्दै युवाहरु सडकमा उत्रिएका छन् । लामो समयदेखि वातावरण प्रदूषण भइरहदा पनि वातावरण मन्त्रालयले सर्वसाधारणको हितमा कुनै कदम नचालेको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् । आज (बिहीवार) माइतिघर मण्डलमा वातावरण मन्त्रालय हरायो भन्दै युवाहरू सडकमा उत्रिएका छन् ।

१४. नागरिक समाजका अगुवा एवं लेखक खगेन्द्र संगौलालाई ‘पहिचान पुरस्कार कोष’ ले सम्मान गर्ने भएको छ । संग्रौलालाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले ’पहिचान सम्मान’ पुरस्कारले सम्मानित गर्न लागेको हो । २०७२सालमा सिक्किममा स्थापित यो कोषले आगामी वैशाख ४ गते आयोजना हुने विशेष कार्यक्रममा संग्रौलालाई सम्मान गर्ने बताइएको छ।

१५.सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन नियम र मापदण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रमका सहभागीले युवा र किशोर अवस्थामा सुर्तीजन्य वस्तुको सेवनबाट बचाउनुपर्ने आवश्यकताबारे चिन्ता व्यक्त गरे ।

१६. दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।

१७.भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जका १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । कार्यालयका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको हो । यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १९ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…