Logo बैशाख २, २०७८ बिहीबार


यातायात कार्यालयका १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जका १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । कार्यालयका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १९ जनालाई पक्राउ गरेको छ ।

आयोगले अनुसन्धान गर्दा तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, केशबराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय (न्यौपाने), अरुण कुमार गौतम, धर्मदत्त चौलागाई, डिलाराम खरेल, ओम बहादुर बस्नेत, गणेशमान आचार्य, सावित्री पौडेलले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाको सनाखत गरी परीक्षण गरेको अभियोगमा अख्तिायरले मुद्दा दायर गरेको हो ।

यस्तै खरिदार चन्द्रमणी नेपाली, केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जवान ओम प्रसाद देबकोटा पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।