Logo बैशाख ३, २०७८ शुक्रबार


विश्वभर १० करोड ८२ लाख संक्रमणमुक्त, २९ लाख १४ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा १० करोड ८२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा १० करोड ८२ लाख ९८ हजार ८७जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १३ करोड ४४ लाख ९९ हजार पाँच सय ५१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २९ लाख १४ हजार एक सय ९१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३२ लाख ८७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १७ लाख १५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४२ लाख ७१ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ७३ हजार आठ सय ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ३० लाख ५७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १९ लाख १० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६७ हजार ६ सय ९४ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७९ हजार एक सय जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७३ हजार ६ सय आठ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…