Logo बैशाख १, २०७८ बुधबार


देउवाले बोलाए ३ दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाउनु भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको एक सातापछि देउवाले तीन दलको बैठक आह्वान गर्नुभएको हो ।

शुक्रबार (आज) ३ बजे देउवाले बोलाउनु भएको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच नयाँ सरकार निर्माण र पछिल्लो राजनीतिक  घटनाक्रमबारे छलफल हुने बताइएको छ । कांग्रेस नेताहरुका अनुसार पार्टी सभापति देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि भोलि माओवादी केन्द्र र जसपाको आधिकारिक धारणासमेत माग्ने तयारी गर्नुभएकाे छ ।

माओवादी केन्द्र देउवाको नेतृत्वमा सरकार गठन गर्न सहमत भइसकेको छ तर जसपा भने विभाजित छ । जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा हुनुहुन्छ भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग नजिक देखिनु भएको छ ।

ठाकुर र महतोले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुद्दा बनाउँदै ओलीसँग संवाद अघि बढाइरहेको अवस्था छ । कांग्रेसले रेशमको रिहा गर्ने बाहेकका मुद्दा सम्बोधन गर्न आफू तयार रहेको जसपालाई प्रष्ट पारिसकेको छ ।

देउवाले बैठक बोलाएसँगै तीन दलबीच हुने छलफलले नयाँ सरकार बन्ने या नबन्नेबारे टुंगो लाग्ने माओवादी केन्द्रका नेताहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…