Logo बैशाख १, २०७८ बुधबार


शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा अर्घाखाँची, कैलाली र रौतहटमा संसदीय उपनिर्वाचन, सावधानी नअपनाए फेरि लकडाउन हुन्छ : प्रधानमन्त्री, पत्रकार महासंघको निर्वाचनको मत गणना जारी, विपुल पोखरेलको अग्रता यथावत र ओलीलाई साथ दिए जसपा फुट्ने ! लगायत शीर्षकमा समाचार तथा विचार प्रकाशित गरिए।

शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूले हल्ला हुने डरले हत्या, दुई अर्ब बढी अमिरिकी डलर विकास सहयता, कसरतमै कांग्रेस र आजदेखि अन्तराष्ट्रिय गणित सम्मेलन लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले ‘तक्माको गरिमा घट्दो, खर्च बढ्दो’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा राष्ट्रपतिले ६ सय ३३ लाई शुक्रबार तथा पाँच सय ९४ जनालाई आगामी बुधबार विभूषित गर्ने उल्लेख छ । समाचारअनुसार संख्या र विवाद बढेर गरिमा घटे पनि विभूषणमा राज्यको भार भने बढ्दो रहेको समाचारमा छापिएको छ ।

त्यसैगरी पत्रिकाले ‘शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा कोरोनाको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका समाचारमा छापिएको छ । समाचारअनुसार स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको समाचारमा उल्लेख छ । पत्रिकाले वैशाखभित्र १० लाख डोज खोप पठाउन सिरमलाई सरकारको तेस्रो पत्र, वायु प्रदूषणले धूमपान गरेभन्दा बढी असर र आठ जिल्लाका सिडिओ हेरफेर, अध्यागमन विभागमा भट्टराई लगायत शीर्षकका समाचार छापेको छ।

‘नाकाहरु अस्तव्यस्त’ शीर्षकको समाचार आजको कान्तिपुर दैनिकले मुख्य पृष्ठमा छापेको छ । समाचारमा भारतमा कोरोना संक्रमण तीव्र रुपमा फ्रलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको उल्लेख छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा क्वारेन्टाइनहरु नबन्दा र स्वास्थ्य सुरक्षाका मपदण्ड लागू नहुँदा संक्रमण फ्रलिने डरले स्थानीयलाई सताएको समाचारमा छापिएको छ।
त्यसैगरी पत्रिकाले ‘ओलीनिकटलाई महत्त्वपूर्ण समिति’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको समाचरमा छापिएको छ । पत्रिकाले ‘काठमाडौंको हावा दैनिक ६/ ७ खिल्ली चुरोट खाए बराबर छ’, बाघको पाइला पछ्याउँदै निकुञ्जमा… र मन्त्री आङ्बोहाङको प्रदेशसभा सदस्य पद खारेज लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।

आजको नागरिक दैनिकले ‘स्वार्थको द्वन्द्वमा संसद्’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि सुरु भएको अधिवेशन औचित्यहीन बन्न पुग्नुमा स्वार्थको द्वन्द्व नै प्रमुख कारण भएको उल्लेख छ । पत्रिकाले चार सांसद पदमुक्त र जसपाले गृहमा बुझायो २ सय १० जनाको सूची लगायत शीर्षकका समाचारमा प्रकाशित गरेको छ।

गोरखापत्र दैनिकले भने ‘अत्यावश्यक वस्तुको मात्रै आयात’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक वस्तुको मात्रै आयात गरेर निर्यातमूलक उत्पादन बढाइने बताउनुभएको समाचारमा छापिएको छ । त्यसैगरी पत्रिकाले सर्वोच्चमा रिट अस्विकार, १९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा र चार सांसदको पद रिक्त लगायतका शीर्षकमा पनि समाचारहरू छापेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…