नेकपा माओवादी केन्द्रका ४ सांसद पदमुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद पद गुमेको छ ।
बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्नुभएको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको गोरखापत्रमा प्रकाशित छ ।