Logo बैशाख २, २०७८ बिहीबार


आजदेखि आईपीएल : मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ । आजको पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ ।

दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्दैछन् । बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको थियो।

बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन टोली हो । गत सिजन टोली एलिमिनेटरमा पराजित भएको थियो । यो सिजन टोलीलाई यो पटक पहिलोपटक उपाधि जित्ने अवसर प्राप्त भएको छ । गत सजन कोहलीले १५ खेलमा ४६६ रन बनाएका थिए भने युवा खेलाडी देवदत्त पडिक्कलले सर्वाधिक ४७३ रन बनाएका थिए ।

उता, मुम्बईले आफ्ना सुरुवाती १३ मध्ये ४ खेलमात्र जितेको छ । सन् २०१३ पछि टोलीले आफ्नो पहिलो खेल जित्न सकेको छैन । यद्यपि, पहिलो खेल हारेपछि टोलीले उपाधि भने जित्न थालेको छ । सन् २०१३ मा टोलीले पहिलो उपाधि जितेको छ । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको छ ।

मुम्बईले पछिल्ला दुई सिजन लगातार उपाधि जितेको छ । गत सिजन मुम्बईले दिल्ली क्यापिटल्सलाई हराएको थियो । यो सिजन मुम्बई उपाधिको ह्याट्रिक गर्ने सोचमा हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…