गृहद्धारा २६ कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ ।
गत चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभाग प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ र धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रजिअमा सरुवा गरिएको नागरिक दैनिकमा प्रकाशित छ ।