Logo बैशाख १, २०७८ बुधबार


गम्भीर संकटका लागि तयार रहन उत्तर कोरियाका नेता किम जोङ्ग–उनको आग्रह

सियोल । उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो संकटका लागि तयार रहन आग्रह गरेका छन् ।

पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै नेता किमले गम्भीर संकटका लागि तयारी अवस्थामा रहन आफ्ना जनतालाई अपील गरेका हुन् ।

उनले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेका छन् । मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य संकट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएका बेला किमको यस्तो अपिल आएको हो ।

उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात–निर्यात ठप्प प्रायः छ । चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि ‘लाइफ लाइन’ मानिन्छ ।

परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप संकटपूर्ण बनेको हो ।

नेता किमले बिहीबार पार्टी कार्यकर्ताहरुलाई अर्को निकै संकटपूर्ण ‘अर्डूअस मार्च’ बाट जोगिनका लागि तयार रहन आग्रह गरेका हुन् ।

उत्तर कोरियामा सन् १९९० दशकको भोकमरीको अवस्थालाई ‘अर्डूअस मार्च’ का रुपमा परिभाषित गरिन्छ ।

त्यसबेला सोभियत युनियनको पतनसँगै उत्तर कोरिया महत्वपूर्ण सहयोगबाट वञ्चित भएको थियो । सो भोकमरीका कारण झण्डै ३० लाख मानिसको ज्यान गएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…