Logo बैशाख ३१, २०७८ शुक्रबार


ओलीबाट सत्ता कब्जाको प्रयास भयो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको प्रयास भइरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता कब्जा गर्ने कोसिस गरेको बताउनुभएको हो ।

‘ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ,’ देउवाले भन्नुभयो, ‘तर उहाँले चाहेर पनि सत्ता कब्जा हुँन सक्तैन।’ देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘पहिला ओलीलाई सत्ताबाट हटाउन हामी सबै मिलेर लागौं ।’

छिट्टै निर्वाचनमा जानुपर्ने पनि हुनसक्ने भएकाले त्यसका लागि सबैले तयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘चुनावमा त हामी जानैपर्छ। चुनावमा जाने बाध्यता हुन सक्छ,’ देउवाले भन्नुभयो, ‘जनता मालिक हो। जनताको घरदैलोमा पुगौं। जनताको दिल जितेपछि चुनाव जितिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…