Logo बैशाख ३१, २०७८ शुक्रबार


घरमा नकारात्मक उर्जा भएकाे थाहा पाउने ५ संकेत

काठमाडाैं । उर्जाले प्रत्येक मानिसको जीवनमा गहिरो प्रभाव पार्छ । उर्जा दुई प्रकारका हुन्छन् । नकारात्मक उर्जा र सकारात्मक उर्जा । घरमा सकारात्मक उर्जाको सञ्चार बनाइराख्न एकदमै आवश्यक छ । सकारात्मक उर्जाको प्रभावबाट घरमा सुख–शान्ति र समृद्धि छाइराख्न मद्दत गर्छ ।

नकारात्मक उर्जाका कारण मानिसको जीवनमा एक पछि अर्को समस्या निम्तन सक्छ । नकारात्मक उर्जाले घरको खुसीयाली भंग गर्ने काम गर्छ । कहिले काहीँ पर्ने नकारात्मक उर्जाका कारण मानिसले जीवनभर पनि दुख पाइरहन सक्छ । नकारात्मक उर्जा चिनेर त्यसको समाधान गर्न सके त्यसबाट निम्तिने समस्याबाट मुक्ति मिल्न सक्छ । नकारात्मक उर्जालाई विभिन्न संकेतका माध्यमबाट चिन्न सकिन्छ ।

-घरको उर्जालाई महसुस गर्नु

आफ्नो घर यस्तो ठाउँ हो जहाँ मानिसले शान्त र सहज महसुस गर्न सक्छ । यदि आफ्नै घरको कुनै भाग वा ठाउँमा असहज महसुस हुन्छ भने अर्थात बारम्बार एउटै कुरामा घरमा विवाद भइरहन्छ भने घरमा नकारात्मक उर्जाको प्रभाव परेको हुन सक्छ । नकारात्मक उर्जा भुतप्रेत जस्ता कुराबाट हुने होइन । घरको वास्तु दोषका कारण दशा लाग्ने अर्थात नकारात्मक उर्जा आउने हुन्छ जसले मानिसको जीवनमा प्रभाव पार्छ । यस्ता नकारात्मक उर्जालाई समयमै पहिचान गरी समाधान गर्नुपर्छ ।

-बिना कारण मन भारी हुने र रुन मन लाग्ने

यदि तपाइँलाई आफ्नै घरमा बिहान उठ्नासाथ शरीर भारी भएको महसुस हुन्छ, मनमा अशान्ति हुन्छ, कोही नभएका समयमा रुन मन लाग्ने हुन्छ । त्यसैगरी बाहिरबाट घरमा प्रवेश गर्दा रुन मन लाग्छ भने यो नकारात्मक उर्जाको कारण हुन सक्छ । यस्तो नकारात्मक उर्जा हटाउन घरमा नुन हालेर सफा गर्नुपर्छ ।

यदि तपाइँ घरलाई सफासुगर राख्नु हुन्छ तर पनि घरमा केही किराहरु आइरहन्छन् भने यसको पछि केही कारण हुन सक्छ भन्ने कुरा पत्ता लगाउनुपर्छ । बिना कारण सफा घर हुँदा पनि किरा आउने हुुन थाल्यो भने यो एक गम्भीर चिन्ताको विषय हुन्छ । यसले घरमा समस्या निम्त्याउनुका साथै तपाइँको स्वास्थ्यमा समेत समस्या देखिन सक्छ । यस्तो अवस्थामा आफ्नो धर्म अनुसार घरलाई शद्ध बनाउनु पर्ने हुन्छ ।

हरेक पटक काममा असफल हुनु, एकपछि अर्को केही गलत हुँदै जानु, सबै समस्या आफैँमा मात्र देखिएझै भइरहनु घरमा नकारात्मक उर्जा प्रवेश गरेको एक संकेत हो । नकारात्मक उर्जाका कारण कतिपय काममा दुष्परिणाम भोग्नुपर्ने हुन्छ । त्यसैले नकारात्मक उर्जालाई समयमै पहिचान गरी समाधान गर्नु आवश्यक हुन्छ ।

-बिनाकारण थाकेको र भ्रमित भएको महसुस गर्नु
यदि घरमा बिना कारण थाकेको जस्तो महसुस हुनु, प्रेरणारहित र भ्रमित महसुस हुनु घरमा कुनै न कुनै किसिमको नकारात्मक उर्जाको बास भएको बुझिन्छ । यस्तो अवस्थामा ध्वनी उर्जाको माध्यमबाट घरमा सकारात्मक उर्जा बढाउन सकिन्छ । यसका लागि घण्टी, शंख लगायतका ध्वनी उत्पन्न गराउने साधनको प्रयोग गर्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…