Logo जेठ २, २०७८ आइतबार


टिकटकमा भाइरल मलपोखरीमा प्रवेश निषेध

काठमाडौं । ललितपुरको धोबिघाटस्थित मलपोखरीमा प्रवेश निषेध गरिएको छ । टिकटकमा भाइरल बनेको ललितपुर महानगरपालिका–४ धोबिघाटको मल पोखरीमा दुर्घटना नियन्त्रणका लागि प्रवेश निषेध गरिएको हो।

मल पोखरीमा माथि घाँसमाटो र तल पोखरी भएको कोही दलदलमा फसेर दुर्घटना नहोस भनि प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ । घाँस पलाएको पोखरीमाथि युवायुवतीले टिकटकका लागि भिडियो बनाउन थालेपछि दलदलमा फस्न सक्ने त्रास बेढेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले वडा कार्यालयलाई निषेधित क्षेत्रको बोर्ड राखिदिन आग्रह गरेपछि प्रहरी प्रभाग बल्खु र ललितपुर–४ वटाको समन्वयमा बोर्ड राखि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

यसअघि टिकटक बनाउनेको भीड लागेका कारण काठमाडौंको न्यूरोड गेटमा राखिएको छाता पनि हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…