Logo बैशाख ३१, २०७८ शुक्रबार


सरकारी मानपदवी र पदकमै नेपालको नयाँ नक्सा गायब

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको सरकारी मानपदवी, अलङ्कार र पदकमै नेपालको नयाँ नक्सा गायब भएको पाइएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई शुक्रवार शितलनिवासमा आयोजित एक समारोहका बीच विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको हो ।

तर सरकारी मानपदवीमै नेपालको पूरानो नक्सा राखिएको पाइएको छ । सरकारले गत वर्ष अनुमोदन गरेको चुच्चे नयाँ नक्साको सट्टामा पूरानै नक्सा पदवीमा राखिएको पाइएको हो ।

संसदले समेत अनुमोदन गरेको उक्त नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपाली भूमी समेटिएको छ ।

तर गृहमन्त्रालयले भने यो पोहोर सालकै पदक भएको जानकारी गराएको छ । पोहोर पदकमा पहिल्यै छापिएर आइसकेकाले फेर्न नमिलेको मन्त्रालयको भनाइ छ । कोरोनाका कारण वितरण गर्न नसकिएको २०७६ सालको पदक शुक्रवार दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…