Logo बैशाख २९, २०७८ बुधबार


क्लासिक कविता : वैशाख

-माधवप्रसाद घिमिरे

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहँली
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।

लाउँ कानैतिर भनि टिपिन् गुर्सिनीले गुराँस
नेवार्निले मधुसुमनले जेल्दिइन् केशपाश ।
भोटेनीले मगमग बुकीफूल बाँधिन् तुनामा
क्वैली बोल्यो वनवन नयाँ प्रीतिको सम्झनामा ।।

आए पाखा वन चहुरमा फूल लाखौँ पलाई
को भन्देला सकल यिनको नाम मीठो मलाई ।
मेरै धौलागिरी शिखरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको ।।

मिठो बास्ना मधुपवनमा आज आइरहेछ
एउटा थुंगा वनतिर कतै मुस्कुराइरहेछ ।
कोहो कोहो भनि वनवनै क्वैली गाइरहेछ
नौलो मान्छे कुसुमपाथमा हेर आइरहेछ ।।

चौतारीमा वरपिपलको बोट नौलो लगाउँ
छाहारीको तलतिर बसि गीत एउटा म गाउँ ।
आइ कैल्यै पनि नसकिने चैत–वैशाख मेरो
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरो ।।

वैली जान्छन् कुसुमहरु यी जेठको घाम ओढी
क्वैली जान्छे कुन विरहमा माइती देश छोडी ।
हाँसी खेली दुई दिन, कहाँ जान्छ यो जिन्दगी
को लैजाला अमरपुरमा फूलको यो जवानी ।।

बोक्रा फेरिकन समयले घाउ सारा पुरिन्छन्
मौरी आइ मधुपवनमा सुन्तलामा धुरिन्छन् ।
कस्तुरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
हुन्नन् कैल्यै कुसुम वनमा प्रीतिको गीत बन्द ।।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…