Logo बैशाख ३१, २०७८ शुक्रबार


फिल्ममा विस्तारै म फस्दै गएँ : अभिनेत्री जरीन खान

काठमाडौं । बलिउड अभिनेत्री जरीन खानले बलिउडको तामझामभित्रको अँध्यारो सत्यको पर्दा उघारेकी छिन् ।

सलमान खान क्याम्पबाट बलिउड भित्रिएकी अभिनेत्री खानले अक्सर २ का निर्माताका बारेमा खुलेर बोलेकी छन् । उनले निर्मातासँग विवादको शुरुवात विकिनी लगाउने कुराबाट भएको बताइन् । उनले भनिन्, ‘चलचित्रको कथा सुनाउँदा डाइरेक्टर अनन्त महादेवनले फिल्ममा विकिनी सिन नभएको भन्दै मेरो एक सय करोड कमाएको ‘हिट स्टोरी’ फिल्मलाई फोहोरी फिल्म भएको बताए ।’

वीर, रेडी, हाउसफुल र हेट स्टोरी जस्ता फिल्म खेलेकी अभिनेत्री खानले ‘अक्सर २’ को विवादको कारण करण जौहरको धर्मा र आदित्य चोपडाको यशराज फिल्मस् प्रोडक्सनमा आफूले काम पाउन मुस्किल भएको बताइन । खानले भनिन् –अक्सर २ को कथा सुनाउँदा डाइरेक्टर महादेवनले हरेक दोस्रो सीनपछि आफूलाई विकिनी लगाउन भन्ने कुरा बताएका थिएनन् । तर सेटमा उनले मलाई बाध्य बनाए ।

धर्मा र यशराजको ढोका अझै खुलेन

जरीनलाई हाम्रो प्रश्न थियो ‘तपाईले बलिउडमा काम गरेको १० वर्ष भयो । तर तपाईलाई अहिलेसम्म यशराज फिल्म्स र धर्मा प्रोडक्सनमा काम गर्न प्रस्ताव किन आएन ?’ जवाफमा जरीनले भनिन्, ‘मैले सुनेको छु कि जौहरको पोडक्सन हाउसमा काम पाउन अप्रोच गर्न सजिलो छैन । त्यसैले मैले कहिल्यै कोशिस नै गरिनँ । धर्मा प्रोडक्सनका बारेमा यस्तो धारणा छ कि कसैले पनि एक्लै अप्रोच गरेर सम्भव छैन । यशराज फिल्म्सका बारेमा पनि यस्तै धारणा छ । सुनिन्छ, यहाँ काम पाउन धेरै नै मुस्किल हुन्छ । कतिसम्म भने यशराज फिल्म्समा एउटा मिटिङका लागि पनि कसै न कसैको सिफारिस चाहिन्छ ।

आदित्य चोपडा सरसँग प्रत्यक्ष मिटिङको त कुरै छोडौं, उहाँभन्दा तलका मानिससँग पनि कुरा गर्न मुस्किल छ । यशराज फिल्म्सका अडिसन क्लियर भयो भने फोन त आउँला । तर मैले यति वर्षसम्म कहिल्यै पनि धर्मा र यशराज प्रोडक्सनका लागि अडिशन नै दिएकी छैन । त्यसैले यी ठूला प्रोडक्सन हाउसमा काम गर्ने प्रक्रियाबारे मलाई राम्रोसँग थाहा छैन ।

‘अक्सर २’ मा फसेँ र फस्दै गइरहेकी थिएँ म

फिल्म ‘अक्सर २’ का निर्मातासँग जरीन खानको विवाद भइरहेको थियो । विवादको विषयमा जरीनले भनिन्, ‘जब अक्सर २ बनाइँदै थियो तब केही दिन पछि मलाई थाहा भयो कि यो फिल्मले मेरो करियरमा केही पनि हुनेवाला छैन । मलाई जुन एजेन्सीले यस फिल्म निर्मातासँग जोडिदिएको थियो, मैले त्यो एजेन्सीलाई सीधै भनिदिएँ म यो फिल्म गर्न सक्दिनँ भनेर ।
मैले एजेन्सीसँग यो पनि भने की फिल्मको मलाई सुनाइएको कथा र सुटिङमा गराइने सबै अलग छ । मैले केही बुझ्न सकिरहेकी थिइनँ । साँच्चिकै भनुपर्दा यस फिल्ममा विस्तारै म फस्दै गएँ ।’

सय करोड कमाएको ‘हेट स्टोरी’ लाई फोहोरी फिल्म भनियो

जरीन भन्दै गइन्, ‘मलाई कुनै पनि काममा सीधा सीधा कुरा गरेको मन पर्छ । निर्माताले मलाई शुरुमै स्पष्ट भन्नुपर्ने थियो कस्तो प्रकारको फिल्म बनाउन लागिएको हो । अक्सर २ मा त सुटिङको बीचमा पुगेर थाहा भयो कि सुनाइएको कथा र फिल्म फरक थियो । फिल्म अन्तै कतै जाँदै थियो । कथा सुनाउँदा डाइरेक्टरले मलाई भनेको थियो कि यो फिल्म त्यो हेट स्टोरी जस्तो फिल्म हैन । राम्रो फिल्म बन्छ । उनको त्यो कुराबाट हेट स्टोरी फिल्मलाई निच देखाउन खोजेको प्रस्ट हुन्थ्यो । जबकी हेट स्टोरी यस्तो फिल्म थियो जसले एक सय करोड नाफा कमाएको थियो । मलाई हेट स्टोरी गरेकोमा गर्व छ ।’

डाइरेक्टरले हरेक दोस्रो सीनमा विकिनी लगाउन भने

जरीन भन्छिन्, ‘अक्सर २ को सुटिङ शुरु भएसँगै हरेक दोस्रो सीनपछि डाइरेक्टरले मलाई विकिनी लगाउन भने । मलाई कथा सुनाउँदा यस्तो भनिएको थिएन । तर बीचमा कुनै लफडा गर्न चाहन्न थिएँ म । कामको बीचमा कसैलाई पनि दुख दिनु हुन्न भन्ने मेरो मान्यता छ । काम गर्दा म सबैलाई आफ्नो परिवार सम्झेर काम गर्छु ताकी राम्रो उत्पादन होस् । मेरो यो राम्रो बानीलाई कमजोरी सम्झेर जे पनि गर्न नलगाउनुस् भनें मैले ।

फिल्म सकिदासम्म यति दुरी बढ्यो कि फिल्मका निर्माण पक्षले मलाई फिल्मको प्रीमियरमा समेत बोलाएनन् । मैले मेरो परिवार र साथीहरुका लागि आफैँले स्क्रिनिङको आयोजना गरेँ ।

स्रोत : नवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…