Logo बैशाख २९, २०७८ बुधबार


भूमिका श्रेष्ठले पाइन् परिवर्तित लिंग सहितको नागरिकता

काठमाडौं । सरकारले तेस्रो लिंगीले नाम र लिंग परिवर्तन गरि नागरिकता दिन स्वीकृति दिएको छ ।

तेस्रोलिंगी भूमिका श्रेष्ठको नाम र लिंग परिवर्तन गर्न सरकारले स्वीकृति दिएका हो । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले भूमिका श्रेष्ठको नागरिकतामा नाम र लिंग परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई स्वीकृति दिएको जानकारी दिनुभयो ।

यसअघि भूमिकाले कैलाश श्रेष्ठको नाममा नागरिकता लिएका थिए । भूमिकाले नागरिकतामा आफ्नो नाम र लिंग परिवर्तन गर्न पाउ भन्दै निवेदन दिएकी थिइन् । उनको निवेदन अनुसार यो प्रक्रिया अघि बढेको मन्त्री गुरुङले बताउनुभयो ।

मन्त्रिपरिषदको चैत २३ गतेको बैठकले कैलाश श्रेष्ठको नाममा अन्य लिंग कायम भएको उनको नागरिकताको विवरण संशोधन गरि भूमिका श्रेष्ठ र महिला लिंग कायम गरि नागरिकताको प्रतिलिपि दिन जिप्रकालाई स्वीकृति दिएको हो ।

तेस्रो लिंगीले नाम परिवर्तन गरि नागरिकता पाउन लागेको यो सम्भवतः पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…